arrow

बेइजिङ पुगे प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
Prachanda-China-arrival.jpg
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको बेइजिङ पुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ पुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ पुगेका हुन् ।

प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल-चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । 

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी-व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ