arrow

झडपपछि वीरगञ्जमा सद्भाव र्‍याली निकालिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
sarlahi-rake-julus.JPG

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको अगुवाइमा आज वीरगञ्जमा धार्मिक सद्भाव र्‍याली निकाल्ने तयारी भएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै  सोमबार बिहान ११ बजे सद्भाव र्‍याली निकाल्ने जानकारी दिएको छ । 

वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट सद्भाव र्‍याली निकाल्ने वीरगञ्ज महानगर पालिकाको सूचनामा भनिएको छ ।  

हिजो सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको थियो । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार भएको सर्वपक्षीय बैठकमा सबै धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो ।  

मूर्ति विसर्जनको क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच विवादलाई लिएर हिन्दू समाजले वीरगञ्ज बजार बन्द गराउँदै प्रदर्शन गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्ति सुरक्षा अमनचैनमा असर पर्ने गरी धार्मिक एवं सामुदायिक प्रकारको र्‍याली, जुलुस, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ