arrow

प्रचण्डलाई ‘गार्ड अफ अनर’, चिनियाँ समकक्षीले गरे स्वागत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
gard-of-onur-china-prachanda.JPG

बेइजिङ । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । 

त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए ।

केही समयमै नेपाल-चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ