arrow

सेनाभित्र खेल्न खोज्दै माओवादी, विशेष पदको अभ्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
army-maoist-ladaku-yambahadur-adhikari-colonel.jpg

काठमाडौं । कुनै बेला नेपाल सेनामा राजनीतिक कनेक्सन देखिएको भन्दै उपरथी प्रेम शाहीलाई कोर्ट मार्सल गरिएको थियो । कोर्टमार्सलका लागि पक्राउ गर्नु पूर्व उनलाई आर्थिक अनियमितताको आरोप लगाइएको थियो । तर पछि प्रधानसेनापति प्रभूराम शर्माले हालका रक्षामन्त्री पूर्णबहादुर खड्कासँग सम्बन्ध देखिएको भन्दै अर्को कारण पनि थपेर कारबाही गरेका थिए । 

शैक्षिक प्रमाणपत्रमा उमेर फरक परेको विषयमा सर्वोच्च अदालतबाट तत्काललाई उन्मुक्ति पाएका बहालवाला उपरथी प्रेम शाहीलाई आर्थिक अनियमितता र सैनिक अनुशासन उल्लङ्घन गरेको आरोपमा नेपाली सेनाले गत पुसमा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनलाई राजनीतिक कनेक्सनमा रहेको भन्दै थप कारबाहीका लागि समरी जनरल सैनिक अदालतले सिफारिस गरेको थियो । 

तर अहिले सहायक रथी यामबहादुर अधिकारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेना प्रमुखलाई सिधै म्याद थप गर्न सिफारिस गरे । यो विषयले प्रेम शाहीको विषयलाई सम्झाएको सेनाभित्र चर्चा चलेको छ । 

तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदा नेपाली सेनामा माओवादी लडाकुलाई पनि समायोजन गरियो । सेना समायोजनका क्रममा माओवादी लडाकुबाट सबैभन्दा उपल्लो पदमा पुग्ने सैनिक अधिकारी थिए यमबहादुर अधिकारी मात्रै थिए । तर उनको सेनामा अवकाश पाउने अवधि २०७६ सालमै भएको हो । सैनिक नियमावली अनुसार विशेष पद सिर्जना गरेर एक पटकमा ४ वर्षका लागि सहायक रथीमा बढुवा गरिएको थियो । 

नेकपा माओवादी केन्द्र सम्मिलित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असोज १ गते उनलाई सहायक रथीमा बढुवा गरेको थियो । सैनिक नियमावलीमा भएको एक पटकका लागि सहायक रथीमा बढुवा दिन सकिने प्रावधानअनुसार उनलाई ‘विशेष पद’ सिर्जना गरी बढुवा गरिएको थियो । विशेष पदको पदावधि सकिएपछि स्वतः खारेज हुने भए पनि सरकारले उनको पदावधि बढाएको छ । बढुवाको प्रकृतिअनुसार उनको ४ वर्षे पदावधि असोज १ गते सकिँदै थियो । 

तर उनलाई प्रचण्डले रक्षामन्त्रीको समेत सहमति लिएर म्याद थप गरिदिए । माओवादी लडाकुहरू २०६९ चैत ३० गतेदेखि नेपाली सेनामा समायोजन हुँदा उनले महासेनानी पद पाएका थिए । उनीसँगै १ हजार ३१३ जना माओवादी लडाकु सेनामा समायोजन भएका थिए । सेनामा समायोजन भइसकेपछि उनी बढुवा हुँदै सहायक रथीसम्म पुगे । 

त्यतिबेला नै अधिकारीका लागि सेनाभित्र विशेष पद सिर्जना गरेर ४ वर्षे पदावधि तोकिएको थियो । शान्ति प्रक्रिया सहज टुङ्ग्याउन उतिबेला विशेष पद सिर्जना गरिए पनि माओवादी सरकारले त्यसलाई लम्ब्याउँदै जानु शङ्कास्पद रहेको छ ।अधिकारीले यसअघि हाइयर कमाण्ड कोर्स नगरेपनि उनलाई सहायक रथी बनाइएको थियो । अहिले पनि यो कायमै छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा सेनापतिले उनको फाइल अघि बढाएको स्रोतको दाबी छ । 

नेपाली सेनाभित्र कुनै अधिकारीलाई विशेष र छुट्टै सुविधा हुँदैन तर माओवादी पृष्ठभूमिबाट आएका कारण अधिकारीले गुपचुप विशेष सुविधामा पदावधि थप पाए पछि सेनाभित्र माओवादीले खेल्न खोजेको सेनाका एक जर्नेलले बताए । ‘एक पटकलाई विशेष पद हुन्छ, सेनामा विशेष पदको अभ्यास नै छैन, भोली राजनीतिक दबाबले विशेष पद थप्दै जाने हो सेनाको संरचनामै फेरबदल आउने छ र सो फेरबदलका कारण सेनाभित्र राजनीतिक विकृति आउनेछ’, ती जर्नेलको चिन्ता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ