arrow

चिनियाँ विस्तारवाद र इस्लामिक अतिवादीको विरोध गर्दै गौरमा विचार गोष्ठी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
yekata-samaj-madesh.jpg

गौर। चिनियाँ विस्तारवाद र इस्लामिक अतिवादीको विरोध तथा सङ्घीय हिन्दू गणतन्त्रका विषयमा राष्ट्रिय एकता अभियानले सोमवार गौरमा विचार गोष्ठी सम्पन्न गरेको छ।

राष्ट्रिय एकता अभियान रौतहटले आयोजना गरेको गोष्ठीमा अभियानका केन्द्रीय अध्यक्ष एवम् प्रमुख अतिथि विनय यादवले सर्लाही सदरमुकाम मलंगवामा हिन्दू समाजमाथि हमला भएको केही हप्ता भित्रै फेरि अर्को जिहादी आक्रमण भएको भन्दै त्यसको विरोध गरे।

मलंगवा नगरपालिका-३ स्थित गणेश चतुर्थीको मूर्ति विसर्जन गर्न जाने क्रममा अतिवादीहरुद्वारा हिन्दु धर्मावलम्बीमाथि ढुंगामुढा एवम् चक्कु प्रहार गरेको भन्दै उनले ती व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरे। आक्रमणबाट केही व्यक्तिहरू घाइते समेत भएकाले उनीहरूको उपचारको व्यवस्था गर्न समेत उनले माग गरेका छन्।

सर्लाहीमा भएको आक्रमण पहिलो नभई मधेस र लुम्बिनी प्रदेशमा विगत केही वर्षदेखि निरन्तर चलिरहेको र विशेष गरी चाडपर्व लक्षित यस्ता आक्रमणहरू हुने गरेको उनले बताए। ‘यस्ता घटनालाई दोहोरिन नदिन सरकारले कुनै प्रयास गरेको महसुस हुँदैन। यसको अर्थ बाह्य शक्तिबाट सञ्चालित अतिवादीहरूलाई नेपालमा राजनीतिक संरक्षण प्राप्त भएको स्पष्ट छ।’ 

बाह्य शक्तिको आडमा देशभरि विभिन्न आवरणमा लुकेका जिहादीहरूलाई पहिचान गरी पक्राउ गर्न पनि यादवले सरकारसँग माग गरे। 

अभियानका जिल्ला संयोजक राम निवास सिंहको अध्यक्षतामा आयोजित गोष्ठीमा अभियानका मधेस सम्पर्क समितिका संयोजक विनोद सिंह, मधेस प्रदेश समितिका सदस्य पासपत राय यादव, रामप्रसाद महतो लगायतले आफ्नो विचार व्यक्त गरेका थिए।कार्यक्रम सञ्चालन अभियानका जिल्ला सचिव गुड्डू यादवले गरेका थिए भने सैकडो हिंदूवादीहरु अभियान प्रवेश गरेका थिए भने राष्ट्रिय संयोजक यादवले नव प्रवेशलाई टिका लगाई स्वागत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ