arrow

प्रचण्ड छोङछिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
prachanda-china.jpg

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् । 

उनलाई छोङछिङमा सो  महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे । 

प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नेछन्छ ।

 उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि छन् ।

छोङछिङमा प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक विभागका सदस्य र छोङछिङ नगरपालिकाका समितिका सचिव युन ज्याजुनबीच आज भेटघाटको कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ