arrow

दूरसञ्चारमा हुने चुहावट र भ्रष्टाचारलाई रोक्नुपर्छ: अध्यक्ष लिङदेन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
rajendra-lingden-samsad.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल दूरसञ्चार प्राधिकरणमा हुने चुहावट र भ्रष्टाचार रोकिनुपर्ने बताएका छन् । 

बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले विगत पाँच वर्षदेखि दूरसञ्चार प्राधिकरणबाट प्राप्त हुने राजश्व कमी भइरहेको बताए । 

उनले उपभोक्ताहरू बढिरहेको तर राजश्व भने घटिरहेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने बताए ।

उनले प्राधिकरणमा भ्रष्टाचार भइरहेको कुरा आएको उल्लेख गर्दै यस विषयमा समितिमा पनि छलफल गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ