arrow

अभियन्ता ईः र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
e-ktm-metro-agreement.jpg

काठमाडौँ। धर्नामा रहेका अभियन्ता ईः र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ। ईः र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच आज बेलुका चार बुँदे सहमति भएको हो।

सहमतिसँगै  ईःले आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गरेका छन्। साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर उनले आन्दोलन गरेका थिए। फुटपाथ व्यवसायीको हक र अधिकारका लागि अभियन्ता  ईः अनवरत एक सय ९९ घण्टादेखि काठमाडौँ महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिँदै आएका थिए।

आज भएको दुई पक्षबीचको सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरू महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ।

फुटपाथ-सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्ने एक सय १९ घण्टादेखि राष्ट्रिय सभागृहको मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहेका  अभियानकर्ता ईः र सहभागी साथीहरूको स्वास्थ्य लाभको कामना गर्दै सो प्रदर्शन आजैबाट स्थगित गर्ने सहमति भएको छ।

त्यसै गरी फुटपाथ÷सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न देहाय बमोजिमको समिति गठन गर्ने सहमति भएको छ।

महानगरपालिकाले तोकेका तीन जना, अभियानकर्ता ईः को तर्फबाट तोकिएका प्रतिनिधि दुई जना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि एक जना, सहरी विकास मन्त्रालयको प्रतिनिधि एक जना, ट्राफिक प्रहरीको प्रतिनिधि एक जना तथा साबिकमा फुटपाथ-सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिका भित्र कानूनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्ने सहमति भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ