arrow

सामाजिक उत्तरदायित्व: वरूण वेभरेजद्वारा निशुल्क 'आरु क्लिनिक' शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
Aaru-clinic-Barun-bevrages.jpg

काठमाडौं। सामाजिक उत्तरदायित्व अन्तर्गत वरुण वेभरेज प्रा.लिले सर्वसाधारणहरूका लागि निःशुल्क उपचारका लागि आरु क्लिनिक सञ्चालनमा ल्याएको छ। विभिन्न किसिमका सामाजिक उत्तरदायित्व वहन गर्दै आएको वरुण वेभरेजले दुई विशिष्ट चिकित्सक र नर्स सहित क्लिनिक सञ्चालनमा ल्याएको हो । यस किसिमको प्रयासले सर्वसाधारणलाई सहयोग पुग्ने विश्वास कम्पनीले लिएको बताइएको छ। 

‘नेपालमा पहिलो पटक सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको यो क्लिनिकबाट सबैले लाभ लिन सक्नेछन् ।’ उनले भने, ‘३० वर्षदेखि नेपालमा छौँ । लामो समयदेखि नै जनतालाई सेवा पुर्‍याउने सोचिरहेको थियौँ । यो त्यसैको नमुना हो ।’ वरुण वेभरेजका नेपाल प्रमुख विशालसिंह ठाकुरले बताए।

त्यसैक्रममा क्लिनिक उद्घाटन कार्यक्रममा बोल्दै वरुण वेभरेजका नेपाल प्रमुख विशाल सिंह ठाकुरले वयोद्धा अस्पतालसँगको सहकार्यमा वरुण वेभरेजका अध्यक्ष धारा जयपुराको सक्रियतामा आम जनतालाई निशुःल्क सेवा प्रदान गर्ने गरी आरु क्लिनिक सञ्चालनमा ल्याएको पनि बताए ।

यस्तै वरुण वेभरेजका महाप्रबन्धक रवीन्द्र पाण्डेले क्लिनिक सञ्चालनमा लागि काठमाडौँ महानगरपालिकाले गरेको सहयोगप्रति धन्यवाद व्यक्ति गरे ।

सामाजिक उत्तरदायित्व अन्तर्गत जहाँ कम्पनी खुल्छ, त्यहाँ नजिकका जनतालाई निःशुल्क स्वास्थ्य सेवा भन्ने अवधारणाअनुसार वरुण वेभरेजले निःशुल्क क्लिनिक सञ्चालनमा ल्याएको बताउँदै आरु क्लिनिक सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले तीन दिनमै लाइसेन्स दिएको भन्दै कम्पनीमा महाप्रबन्ध रवीन्द्र पाण्डेले महानगरलाई धन्यवाद दिए ।

उक्त क्लिनिकका उपचार गर्दा कुनै पनि शुल्क नलग्ने उनले बताए । यस्तै काठमाडौँ महानगरपालिकाका स्वास्थ्य प्रमुख रामप्रसाद पौडेलले वरुण वेभरेज समूहले गरेको कार्य प्रशंसनीय रहेको बताए । उनले आम नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउनका लागि सरकारको प्रयासमा यसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा अन्य कम्पनीले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरू गर्ने अपेक्षा गरे ।

क्लिनिक उद्घाटन कार्यक्रममा कम्पनीका उपाध्यक्ष दिनेश मित्तल, फाइनान्स डाइरेक्टर सञ्जिव बरुरा, अप्रेशन हेड विनोद सिंहलगायतको उपस्थिति थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ