arrow

मेची किनाराबाट कञ्चनपुरसम्म एसले जागरण अभियान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
samajbai.jpg

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । एकीकृत समाजवादीले यहीँ असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो । 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो । 

असोज १४ गते काँकडभिट्टाको मेची नदी किनाराबाट शुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ । यस अवधिमा करिब १ हजार किलोमिटर यात्रा हुने बताइएको छ । 

यस बीचमा विभिन्न जिल्लाहरूमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरूसँग छलफल गर्दै र जनताको कुरा सुन्दै गइने पार्टीका महासचिव घनश्याम भुसालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ