arrow

पार्टीका वैचारिक दृष्टिकोण जनताकाबीच लगिन्छ : अध्यक्ष नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
Madhav kumar nepal-jhapa.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीले अवलम्बन गरेका नीति तथा आदर्शलाई जनताकाबीच लैजाने ‘समाजवाद जागरण अभियान’ महत्त्वपूर्ण हुने बताएका छन् ।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने उक्त अभियानमा पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचार-प्रसार गरिने बताए ।

समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने बताउँदै उनले पार्टीका वैचारिक दृष्टिकोणलाई आधारभूत तहसम्म स्थापित गर्न यात्राले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सामाजिक न्याय, समानता, आत्मनिर्भर अर्थतन्त्रको विशेषता भएको वैज्ञानिक समाजवाद कार्यान्वयन गरी मुलुकमा समृद्धि कायम गर्न सकिने विश्वास व्यक्त गरे ।

अभियानमा आधुनिक कृषि, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा सन्देश प्रवाह गरिने बताउँदै यस कार्यक्रमले युवालाई समाजवादी क्रान्तिका लागि जोड्ने बताए ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अभियानमा तय गरिएका कार्यक्रमको जानकारी दिँदै उनले भने, “अभियानका नाममा हामी जनताको घरदैलोमा पुग्नेछौँ र जनताको दुःख, सुखमा साथ दिनेछौँ । सुशासन, विकास र रोजगारी हाम्रो मूल माग हो ।’

अभियान यही असोज २९ सुर्खेतमा पुगेर सभा गरी सम्पन्न हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ