arrow

खम्बाको बत्ती निभाउँदा जयप्रकाशको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
electricity-bulb.JPG

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) ।  पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।

आज बिहान ६ बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । 

सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । 

उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६:४० बजे मृत्यु भएको घोष्णा गरेको थियो । 

यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको  स्थानीयको भनाइ छ ।



नयाँ