arrow

फुटबल खेलाडी विदेश पलायन, विमल घर्ती मगरले देश छोडे

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
bimal-gool-solidariti.jpeg

काठमाडौं । नेपाली युवाहरूजस्तै नेपाली फुटबल खेलाडीहरू पनि विदेश जान बाध्य छन् । देशमा उज्ज्वल भविष्य नदेखेपछि पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरू पनि विदेशिन थालेका छन् । यसै क्रममा राष्ट्रिय फुटबल टिमका खेलाडी विमल घर्ती मगर अस्ट्रेलिया गएका छन् । 

 विमल शुक्रबार बिहान अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन् । विमल एन्फा एकेडेमीका उत्पादन हुन् ।

विमल २०१३ साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध नेपाल राष्ट्रिय फुटबल टिमका लागि गोल गरेसँगै एकाएक चर्चामा आएका थिए । 

विमल अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्ने विश्वकै छैटौँ कान्छा फुटबल खेलाडी पनि हुन् । साथै विमल साफ च्याम्पियनसिपमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी समेत हुन् । उनले २०१५ साफ च्याम्पियनसिपको भारत विरूद्धधको खेलमा २ मिनेटमा नै गोल गर्न सफल भएका थिए ।

यसअघि  स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया गइसकेका छन्। यस्ता होनहार खेलाडीहरूलाई देशले रोक्न नसक्दा फुटबलको विकासमा चुनौती थपिने देखिन्छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ