arrow

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
nepal-india-football-u-19.jpg

काठमाडौँ।  उनाइस वर्षमुनि (यू-१९) पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यससँगै साफ यू-१९ च्याम्पियनसिपको उपाधिमा भारतले ह्याट्रिक गरेको छ । यसअघि सन् २०१९ र २०२२ को साफ च्याम्पियनसिपमा भारत च्याम्पियन बनेको थियो ।

भारतको जितमा मालिङथन किप्गेनको दुई गोल गरे भने गोगमसिर गोयारीले एक गोल गरे । खेलको ६४औँ मिनेटमा किप्गेनले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाए । त्यस्तै उनैले खेलको  ८५औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै भारतको अग्रता दोब्बर पारे । त्यसपछि गोगमसिर गोयरीले खेलको दोस्रो हाफको अतिरिक्त समयमा हेडमार्फत गोल गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ