arrow

बाढीले जीप बगायो, दुई जना अझै बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
tinau-flood-2080-03-16.jpg

पर्वत । शनिबार साँझ परेको भीषण वर्षाका कारण तमादी खोलामा आएको बाढीले जीप बगाएको छ । पर्वतको कुश्मा नगरपालिका-७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ ।कुश्मा नगरपालिका-८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो ।

जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन । जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । बेपत्ता यात्रुको खोजी जारी छ । 

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थियो । खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जीप बगेको हो । सोही क्रममा जीपका चालक वसन्त थापा बाढी पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् । शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ