arrow

ठूलाको सवारीले सानालाई सास्ती

'सवारी गर्नेलाई' हरिवंशको झटारो : बरु दमकल र एम्बुलेन्समा जानु नि ! [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
haribamsa-acharya.JPG

काठमाडौं । कलाकार हरिवंश आचार्यले 'सवारी गर्नेलाई' झटारो हानेका छन् । उनले सिधासाधा नागरिकलाई बाटो बन्द गरेर दुःख दिनुको साटो बरु दमकल र एम्बुलेन्समा जानु राम्रो हुने सुझाव दिएका छन् । 

आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० लाई सम्बोधन गर्दै उनले भने ,'देशमा कुनै राम्रो काम गरेको छैन । सवारी रे । बिहानदेखि बेलुकासम्म ट्राफिक अस्तव्यस्त । त्यस्तो मानिसले दमकलमा बसेर गए हुन्छ । नत्र एम्बुलेन्समा जानु नि !'

शनिबार अमेरिका र चीनको भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल फर्कँदा बाटो बन्द गरि सवारी गरिएको थियो । त्यसैमाथि लक्षित भएर आचार्यको यस्तो भनाइ आएको हो । प्रचण्डको सवारीको समय आचार्य पशुपति क्षेत्रमा सुटिङमा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ