arrow

पेट्रोलियम पदार्थमा बढेको मूल्य फिर्ता लिन मन्त्रिपरिषद्को निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
prachanda-cabinet-2080-02-09.jpg

काठमाडौँ । चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य  फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।

उपभोक्ताको ढाड सेक्ने गरि मूल्य वृद्धि भएको भन्दै चौतर्फी आलोचना भएको थियो । 

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएको हो । 

नेपाल आयल निगम हिजो पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु दुई सय १५ रुपैयाँ बढाएको थियो ।



नयाँ