arrow

काठमाडौँका सीडीयोले भने- महानगरले खुलामञ्च ताला लगाएर बन्द गर्न पाउँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
CDO-ktm.jpeg

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीयो) जितेन्द्र बस्नेतले काठमाडौं महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन् । 
आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले यस्तो बताएका हुन् । 

उनले विगतमा खुला मञ्चमा सबैले खुला रूपमा प्रदर्शन तथा अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि खुला मञ्च खुलामञ्चकै रूपमा प्रयोगमा आउनु पर्ने बताए । उनले खुलामञ्च नेपाल सरकारको भएकाले महानगर वा सङ्घीय सरकारले कसले प्रयोग गर्ने विषयमा तत्काल निर्णय हुन आवश्यक रहेको बताए । 

उनले खुला मञ्चमा महानगरले ताला लगाएर बन्द गरेर राख्ने प्रदर्शनकारीहरूले माइतीघरमा आन्दोलन र प्रदर्शन गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताए । उनले खुला मञ्चमा सुरक्षित रूपमा प्रदर्शन तथा आन्दोलन गर्न दिए माइतीघरदेखि वानेश्वरसम्मको दैनिकी ट्राफिक व्यवस्थापन सहज हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ