arrow

प्रधानमन्त्रीले सदनलाई गराए जानकारी - आयोग गठन गर्ने र मूल्य वृद्धि फिर्ताको निर्णय

प्रधानमन्त्रीले सदनमा भने- निगमले मूल्य वृद्धिको निर्णय फिर्ता लिई पुरानै कायम गरेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
prachanda-parliament-2080-05-30.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रचण्डले आजै बसेको मन्त्री परिषद्को बैठकले सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोगको एन बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश डिल्ली राज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा पूर्व सहसचिव किशोर जङ्ग कार्की र प्रेम राज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको बताए । 

साथै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता लिन प्रधानमन्त्रीले निर्देशन गरे बमोजिम आयल निगमले मूल्य वृद्धिको निर्णय फिर्ता लिई पुरानै कायम गरेको प्रचण्डले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ