arrow

एसियाली खेलकुद

चीनले १३३ स्वर्ण जित्दा दक्षिण कोरिया दोस्रोमा उक्लियो

भारतले लियो १३ स्वर्ण,, इन्डोनेसिया दसौँ स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
asiad-gold-winner.jpg

काठमाडौं । चीनमा एसियाली खेलकुद जारी छ । एसियाडमा ८ सय ९९ पदकको छिनोफानो भइसकेको छ । 

चीनको हाङ्जाउमा भइरहेको खेलको  पछिल्लो पदक तालिका अनुसार आयोजक चीन एकलैले २४३ पदक जितेको छ ।  पछिल्लो पदक तालिका अनुसार चीनले १३३ स्वर्ण ७२ रजत र ३९ कास्य पदकसहित २४३ वटा पदक हात पारेको छ । 

जापानलाई उछिन्दै दक्षिण कोरिया फेरि दोस्रो स्थानमा आएको छ । दक्षिण कोरियाले ३० स्वर्ण, ३५ रजत र ६० वटा कास्य पदक जितेको छ । दक्षिण कोरियाले हालसम्म १२५ पदक जितेको छ।  

पदक तालिकामा एक स्थान खस्किएर जापान तोस्रो स्थानमा झरेको छ । जापानले २९ स्वर्ण, ४१ रजत र ४२ वटा कास्य पदक जितेर कुल ११२ पदक पाएको हो ।

अर्को छिमेकी मुलुक भारत लगातार ९ दिनमा १३ स्वर्ण पदक जितेको छ । भारतले २१ वटा रजत र १९ वटा कास्य पदक गरि कुल ५३ पदक प्राप्त गरेर चौथो स्थानमा छ । 

पाँचौँ स्थानमा उज्बेकिस्तान छ । उज्बेकिस्तानले ११ स्वर्ण, १२ रजत र १७ कास्य गरि ४० पदकमा कब्जा जमाएको छ । 

थाइल्यान्ड सूचीको छैटौँ स्थानमा छ । १० स्वर्ण, ६ रजत र १४ कास्य गरि ३० पदकसहित छैटौँ स्थानमा छ । 

चाइनिज ताइपे सातौँमा स्थानमा छ । चाइनिज ताइपे ९ स्वर्ण, १० रजत र १४ कास्य गरि कुल ३३ पदक जितेको छ । 

हङकङ ६ स्वर्ण, १५ रजत र २० कास्यसहित पदक तालिकामा आठौँ स्थानमा रहेको छ । हङकङले कुल ४१ पदक जितेको छ ।

एक स्थान उक्लँदै किम जोङ उनको देश उत्तर कोरिया नवौँ स्थानमा चढेको छ । उत्तर कोरियाले ५ स्वर्ण ९ रजत र ५ कास्य गरि कुल १९ पदक हात पारेको छ ।  

दसौँ स्थानमा इन्डोनेसिया छ । इन्डोनेसियाले ४ स्वर्ण, ३ रजत र ११ कास्य जितेको छ ।

बहराइनले ४ स्वर्ण, १ रजत र ३ कास्य हात पारेको छ । इरानले ३ स्वर्ण १२ रजत र १२ कास्य पाएको छ ।  काजकिस्तानले ३ स्वर्ण ५ रजत र २३ कास्य पाएको छ । मलेसियाले ३ स्वर्ण, ४ रजत र १३ कास्य जितेको छ । सिंगापुरले २ स्वर्ण, ५ रजत र ४ कास्य जितेको छ । कतारले २ स्वर्ण, ३ रजत र २ कास्य जितेको छ ।

एक एक स्वर्ण जित्ने मुलुकमा भेतनाम, कुवेत, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स, मकाउ चाइना, ताजकिस्तान, साउदी अरब र किर्गिस्तान रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ