arrow

कुमारी बैङ्कको ‘दसैँ र तिहार परिवारलाई उपहार’ योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
kumari-family-dashain-tihar-offer-saving-account-2080.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले नेपालीहरूको महान् चाड दसैँ तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ। यस अवसरमा बैङ्कले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दसैँ र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ।

२६ लाखको बिमा सुविधा अन्तर्गत परिवार का ४ जना सदस्यलाई रु एक लाखको मेडिकल बिमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख सम्मको दुर्घटना बिमा तथा एक लाख सम्मको घातक रोग बिमा सुरक्षण समावेश गरिएको छ।

साथै खाता खोलिएको पहिलो वर्षको लागि लक्कर सुविधामा लक्कर शुल्कमा १०० प्रतिशत तथा लक्कर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट-क्रेडिट कार्ड सुविधा प्रदान गर्ने छ।

यसै अवसरमा बैङ्कका अन्य बचत खाताहरूमा रु २० हजार को मेडिकल बिमा सुविधा प्रदान गर्ने छ। बैङ्कले सानिमा जीआईसी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बिमा प्रदायक कम्पनीको रूपमा सहकार्य गर्दै आएको छ।

विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ