arrow

देशलाई टाट पल्टाउन प्रचण्ड सरकार उद्यत छ केपी शर्मा ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
kp-sharma-oli-2080-06-16-d.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग देश बनाउने कुनै भिजन नभएको आरोप लगाएका छन् । 

मुलुकको अर्थतन्त्र धरासयी बन्दै गएको र बैंकहरुसँग ऋण लिएर कर्मचारीले तलब खुवाउनु पर्ने अवस्था आउँदा पनि प्रचण्ड सरकार गम्भीर नभएको ओलीको आरोप छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले अर्थतन्त्र धरासयी हुँदा पनि वर्तमान सरकारले कुनै बिजनेस प्लान बनाउन नसकेकोसमेत जनाए ।

 ‘अर्थतन्त्र धरासयी भइसकेको छ, सरकार बैंकहरुसँग ऋण मागेर कर्मचारीलाई तलब खुवाउने अवस्थामा छ, असोजमा फेरि बैंकसँग तलब खुवाउन ऋणा माग्दैछ तर कुनै गम्भीर भएको छैन, इतिहासका यति निकम्मा सरकार अहिलेसम्म बनेको थिएन, यो सरकारसँग कुनै बिजनेस प्लान छैन ।’ 

सरकार रेमिटयान्सको आम्दानी देखाएर मख्ख परेको तर उत्पादन बढाउनका लागि कुनै ‘बिजनेस प्लान’ बनाउन नसकेको पनि उनको भनाई छ ।

‘यो सरकार देशलाई टाट पल्टाउन लागेको छ, अर्थतन्त्र धरासयी हुँदा पनि अलिकति पनि गम्भीर छैन’, उनले भने, ‘यो सरकारले अर्थतन्त्र ह्यान्डल गर्न सक्दैन, यो निकम्मा भइसक्यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ