arrow

विद्यार्थी भोकै पर्न थालेः सांसद यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
ramkrishna-yadav-2080-06-16.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले विद्यार्थीको दिवा खाजा रोकिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस सांसद यादवले दिवा खाजा रोकेर सरकारले बालबालिका माथी अपराध गरिरहेको आरोप लगाएका हुन् ।

‘धनुषाको सामुदायिक विद्यालयमा दिवा खाजा रोक्का गरिएको छ, गरिबका बिधार्थीले पाउँदै आएको दिवा खाजा रोकिएकाले उनीहरु भोकभोकै परेका छन, यो दिवा खाजा तुरून्त खुवाउन शुरू गरियोस,’ यादवको माग रहेको छ । 

उनका अनुसार सरकारका कारण जनतामा क्रमशः आक्रोश बढाएको छ, जसलाई तत्कालै सम्बोधन गर्नु पर्ने उनको भनाइ छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ