arrow

नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरुबीचको शिकार बन्ने खतरा छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
rajendra-lingden-2080-10-16.jpg

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाको शिकार बन्न सक्ने खतरा रहेको बताएका छन् । राप्रपाले मंगलवार काठमाडौँमा आयोजना गरेको नेपालको परराष्ट्र नीति: विगत,वर्तमान र भविष्य विषय विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।  

उनले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा स्थानमा परिणत भइरहेको बताए । उनले अहिले नेपालको परराष्ट्र नीति नरहेको टिप्पणी गरे । अध्यक्ष लिङदेनले नेपालले देश–देशहरूसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप लगाए । 

उनले सरकारले छिमेकी देशरतसँग लिने ऋण सहयोग समेत कमिसन,व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उल्लेख गरे । उनले विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितिमा नेपाल रहेको बताए । 

उनले अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सामान्य अवस्थामा नभएको बताए । उनले सत्तारुढ पार्टी र देशका मुख्य पार्टीहरूको विदेश सम्बन्ध राख्नु सत्ता केन्द्रित र सत्ताको लागि जे पनि सम्झौता गर्ने गरिएको आरोप लगाए । 

उनले विदेशीहरूको साथ समर्थन भएन भने चुनाव जित्न,चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन र सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यतामा मुख्य राजनीतिक पार्टीहरू रहेको बताए । उनले यस्ता क्रियाकलापले परराष्ट्र सम्बन्धमा गम्भीर परिस्थिति निम्त्याइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ