arrow

एसको विकल्प छैन : माधव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
Madhav kumar nepal-mahottari.jpg

जलेश्वर । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने बताएका छन् ।

पार्टीको ‘समाजवादी जागरण अभियान’ अन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी बेइमानविरुद्ध तथा अन्याय-अत्याचारमा परेकाको साथमा रहेको बताए ।

देशबाट अन्याय, अत्याचार र भ्रष्टाचार निर्मूल गर्न तथा न्याय, शान्ति,  सुशासन र समृद्धि कायम गर्न नेकपा (एस)को साथमा लाग्न पूर्व प्रधानमन्त्री नेपालले अपिल गरे । 

उनले देशमा सुशासन कायम गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

पार्टी उपाध्यक्ष एवं बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा (एस)को मेची-महाकाली जागरण अभियानलाई सफल बनाउन सबैसँग आग्रह गरे ।

अभियानले नेपाली जनताका हक, अधिकार स्थापित गर्न तथा जनतालाई आफ्ना अधिकारप्रति सचेत तुल्याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ