arrow

मुक्तिनाथ दर्शन प्राली परियोजनाको समझदारीमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
muktinath-cablecar-2080-06-17.jpg

काठमाडौँ । मुक्तिनाथ दर्शन प्राली परियोजनाको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

बुधबार सरकारको लगानी बोर्डबाट इजाजत प्राप्त नयाँपुल– बिरेठाँटी – मुक्तिनाथ केबुलकार परियोजनामा ठेक्का तथा लगानीको उद्धेश्यले भारतको हैदराबादस्थित के एन्ड आर रेल इन्जिनियरिङ लिमिटेडसँग प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

कम्पनीका तर्फबाट प्रबन्ध संचालक श्रीधर सापकोटा र ईपीसीएफ ठेकेदारका तर्फबाट के एन्ड रेल इन्जिनियरिङ लिमिटेडका अध्यक्ष कुरु प्रविर राल्राले हस्ताक्षर गरेका हुन् । 

समझदारी भएका विषयमा उक्त कम्पनीले परियोजनाको ईपीसी ठेक्का लिने र परियोजना कर्जा अपरिवत्र्य मुद्दामा उपलब्ध गराउने मुख्य रहेका छन् । 

हाल परियोजनाको विस्तृत परियोजना प्रतिवेदन अध्ययन सकिएको दुई वर्ष भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन अन्तिम चरणमा रहेको कम्पनी सचिव सुमित्रा पाण्डेले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । 

परियोजनालाई आवश्यक पर्ने जग्गा ९० प्रतिशत खरिद प्रक्रियामा गइसकेकोसमेत कम्पनीले जनाएको छ । अब कर्जा स्वरुप आवश्यक पर्ने रकम ईप्ीसीएफ बाट व्यवस्था गर्ने भएपछि परियोजनाको वित्तीय स्रोत लगभग जुटिसकेको जनाइएको छ । 

परियोजनामा दुई प्रतिशत लागत प्रभावित क्षेत्रलाई आरक्षित शेयरबाट व्यहोरिने बताइएको छ ।  त्यस्तै सात प्रतिशत सर्वसाधारणका लागि शेयर निष्काशन हुनेछ । 

यो परियोजना ५५ अर्ब रुपैयाँ अनुमानित रकममा निर्माण हुन लागेको हो ।  

शिलान्यास भएको मितिले बढीमा चार वर्षभित्रमा आयोजना पूरा हुनेसमेत कम्पनीले जनाएको छ । 

 यस्तै मुक्तिनाथ दर्शन प्रालीका अध्यक्ष अरुणकुमार सुवेदीले अहिले एमओयू मात्रै भएको र छिट्टै काम शुरु हुने आशा व्यक्त गरेका छन् । 

उनले सरकारी प्रशासनिक काम झण्झटिलो भएकाले छिटो भन्दा छिटो झण्झटबाट सजिलो बनाइदिन आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ