arrow

कुमारी बैङ्क लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
kumari-walnut--bistro-banquet.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच बैङ्कका ग्राहकहरूलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैङ्कले यस सहकार्य मार्फत वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा आकर्षक छुटको प्रावधान गरेको हो।

यस सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका डेबिट-क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैङ्किङ प्रयोगकर्ताहरूले वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबाट विभिन्न सेवा शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ