सीडीयोले भने- भीभीआईपीको सुरक्षा व्यवस्था परिमार्जन हुँदैछ
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
1.9k
Shares
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीयो) जितेन्द्र बस्नेतले भीभीआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताएका छन् ।
शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भीभीआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रीपरिषद्मा पुगेको जानकारी दिएका हुन् ।
कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको बताए ।
उनले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कम भन्दा कम आम नागरिकलाई असर पर्नेगरी भीभीआईपीको भ्रमण गर्नेकुरा कार्यविधिमा व्यवस्थापन गरिएको बताए ।