arrow

मैलै चिनफिङ र मोदीलाई यीनै प्रश्न गरेको छु : प्रचण्ड [भिडियो]

विकासको त्रिदेशीय साझेदारी हुन जरुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
prachnda-pm-bri-2080-10-21.JPG

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन-नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चीन-नेपाल र भारतको बीचमा एउटा त्रिदेशीय साझेदारी विकासको हुन जरुरी रहेको बताएका हुन् । 

त्यसका लागि चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै बसेर यही प्रश्न गरेको उनले बताए । उनले भने,' चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै बसेर यही प्रश्न यसरी नै, गर्न जरुरी छ । के नेपाल जस्तो आर्थिक रूपले पछि परेको देशको कुरा तपाईँहरूले गम्भीर रूपले सुन्न तयार हुनुहुन्छ ? हामीले भन्दै गरेको त्रिदेशीय साझेदारीको रणनीतिअन्तर्गत गएर के नेपाललाई एउटा ठूला शक्ति राष्ट्रहरू विकासको एउटा तीव्र गतिमा गएका देशहरूबाट लाभ लिनको लागि नेपालको कुराको सुनुवाइ गर्न तयार हुनुहुन्छ ? भनेकै छु । उनहरूले सैद्धान्तिक रूपमा यो कुरा सही छ भन्नुभएको पनि हिजो मात्रै हो जस्तो लाग्छ ।’

उनले बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको पनि बताए । उनले बीआरआई अन्तर्गतका परियोजना अघि बढाउनका लागि कार्ययोजना बनाएर समयबद्ध कार्यतालिका अनुरूप दुवैका साझा संयन्त्रहरूलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ