arrow

कुमारी बैङ्कको ‘टिका अघि नै दक्षिणा’ योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
kumari-bank-cash-back-offer-dashain-2080.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले नेपालीहरूको महान् चाड बडा दसैँलाई लक्षित गर्दै आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ।

नेपाली बैङ्किङ क्षेत्रमा अग्रपङ्क्तिमा रहेको कुमारी बैङ्क लिमिटेडले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान् चाड दसैँको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ। यस योजनामा कार्ड तथा मोबाइल बैङ्किङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैङ्कद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँ सम्म क्यास ब्याक दिइने छ। क्यास ब्याक  रकम पिएसओ क्युआर भुक्तानी तथा अनलाइन भुक्तानीबाट गरिने कारोबारमा प्रदान गरिने छ।

चाडबाडको यस अवसरमा कुमारी बैङ्क लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरूप उपरोक्त सुविधाहरू आगामी असोज २८ देखी कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ।

कुमारी बैङ्कले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैङ्किङ एकाइहरू सहितको आफ्नो बृहत् सञ्जाल सहित बैङ्किङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ