arrow

राष्ट्र बैंकको निर्देशनले मनोबल बढ्ने आशा जगायो: चन्द्र ढकाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
chandra-prasad-dhakal-2080-10-22.jpg

काठमाडौं ।   नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरूको थोरै भए पनि मनोबल बढ्ने आशा जगाएको बताएका छन् ।  आइतबार नेपाल जग्गा तथा आवास विकास महासङ्घले आयोजना गरेको रियल इस्टेट व्यवसायी बृहत् भेला–२०८० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्  । 

उनले सरकार र राष्ट्र बैङ्कले निजी क्षेत्रले दिएका सुझावहरूलाई ढिलै भए पनि बुझ्ने कोसिस गरेको बताए । उनले लामो समयदेखि घरजग्गा कारोबारमा कित्ताकाट खोल्न र शेयर बजार कर्जा सीमा बढाउन आग्रह गरे पनि नमानेको तर अहिले आफूले गरेको निर्णय गलत भएको भन्दै परिमार्जन गर्नु स्वागतयोग्य रहेको बताए । उनले सरकार र राष्ट्र बैङ्कले निजी क्षेत्रको मनोबल उच्च बनाउने काम गरे अर्थतन्त्र पनि सकारात्मक बन्ने बताए । 

उनले मुलुकको अर्थतन्त्र निजी क्षेत्रको कारणले मात्रै नभएर सरकार र नियमनकारी निकायहरूको नीतिको कारण अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सबै मिल्नुको विकल्प नभएको बताए । उनले नेपालको जनसङ्ख्याको १ प्रतिशत मानिसहरू पुँजी बजारमा आबद्ध भएकाले सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।



नयाँ