arrow

मानवअधिकार आयोगको स्तर ‘ए’ श्रेणीमा नै कायम राख्न पहल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
devraj ghimire.jpg
तस्बिर-फाइल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितको टोलीले भेट गरेको छ ।

उक्त भेटका अवसरमा सभामुख घिमिरेले नेपालको मानवअधिकार आयोगको स्तर ‘ए’ श्रेणीमा नै कायम राख्ने सम्बन्धमा संसद्ले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज आयोगका अध्यक्ष मगरसहितको टोलीसँगको भेटमा सभामुख घिमिरेले उक्त विषयमा सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले सरकारसँग समन्वय गरी सङ्क्रमणकालीन न्याय एवं आयोगको ऐन सम्बन्धी संशोधन विधेयकमा आयोगका सुझावलाई समावेश गरेर अगाडि बढ्ने बताए । 

आयोगका अध्यक्ष मगरले नेपालको स्तर ‘ए’ श्रेणी कायम गर्ने र मानवअधिकार आयोग ऐन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक हाल संसद्को मानवअधिकार समितिमा विचाराधीन रहेको अवस्थामा आयोगले दिएका सुझावका सम्बन्धमा उनले अवगत गराएका थिए ।

आयोगका सदस्य डा सूर्य ढुङ्गेलले एशिया प्रशान्त मञ्च र राष्ट्रिय मानवअधिकार संंस्थाहरुको विश्वव्यापी सञ्जालसँग आयोगले गरेका छलफल तथा पहलबारे जानकारी गराए । 

भेटमा आयोगका सदस्य मनोज दुवाडी, कामु सचिव मुरारीप्रसाद खरेल र मानव अधिकार अधिकृत खिमानन्द बस्यालसमेत सहभागी थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ