arrow

कांग्रेसले कोशीमा उद्धव थापाकै नेतृत्वमा सरकार बनाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
uddav-thapa-congress-provin.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ । 

सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा मंगलबार बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो । 

राप्रपाको सहयोग लिएर थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

उनका अनुसार थापाको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र मतभेद छैन । 

कोशीमा संविधानको धारा १६८ को ५ अनुसार सरकार बनाउन शुक्रबारसम्म नाम दिनुपर्नेछ । 

यसअघि चार सरकार गठन भइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ