arrow

दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानून सुधार गर्न आवश्यक : चन्द्र ढकाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
chandra-prasad-dhakal-2080-10-23.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानून र नीतिहरू सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

मङ्गलवार महासङ्घ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले नेपालमा दिगो विकासका लक्ष्यहरू पूरा गर्ने निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

अध्यक्ष ढकालले निजी क्षेत्रले व्यावसायिक क्रियाकलाप बढाउनको लागि नीति,ऐन कानून र नीतिहरू सुधार हुन जरुरी रहेको बताए । उनले दिगो विकासका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्र महत्त्वपूर्ण पार्टनरका रूपमा काम गरिरहेको बताए ।



नयाँ