arrow

सरकारलाई जनताका पीर–मर्कामा केन्द्रित भएर काम गर्न माधव नेपालको आग्रह 

logo
सौरभ गिरी,
प्रकाशित २०८० असोज २४ बुधबार
madhav-nepal-2080-06-24.jpg

 
कोहलपुर । सत्ता गठबन्धनलाई सही बाटोमा हिँडाउन आफ्नो पार्टीले प्रेरित गरिरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले थालेको ुसमाजवादी जागरण अभियान २०८०ु अन्तर्गत आज कोहलपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सरकारलाई जनताका दुख र पीर–मर्कामा केन्द्रित भएर काम गर्न आग्रह गरे ।

 नेपालले देशको अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा जोड दिँदै सरकारप्रति जनभरोसा बढाउनुपर्ने बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले 
भने, ‘सरकारलाई जनचाहना अनुसार काम गर्न सचेत बनाइरहेका छौँ । आफ्नो पार्टी गरिब र सर्वहारा जनतासँग जोडिएर काम गर्नुपर्दछ भन्ने मान्यताका साथ अघि बढेको उल्लेख गर्दै नेपालले विचार मिल्ने शक्तिहरुलाई एकीकृत गर्दै समाजवादी मोर्चा बनाउने अभियानमा लागेको बताए । 

उनले आफ्नो पार्टीसँग जोडिएर समाजवादी अभियानमा सरिक हुन आह्वानसमेत गरे । जनसभालाई वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतले सम्बोधन गरेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ