arrow

विश्वकप क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जित, रोहितको कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
rohit-sharma-virat-kohli-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा आयोजक भारतले अफगानिस्तानमाथि सहज जित हासिल गरेको छ । 

नयाँदिल्लीको अरुण जेट्ली स्टेडियममा भएको खेलमा भारतले ८ विकेटको जित हासिल गरेको हो । खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेटको क्षतिमा २७२ रन बनायो । 

कप्तान हश्मतुल्लाह शाहिदीले ८० तथा हज्मतुल्लाह ओमरजाईले ६२ रन बनाए । भारतका जसप्रित बुमराहले ४ तथा हार्दिक पाण्डेयाले २ विकेट लिए । 

जवाफमा भारतले ३५ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गरेको हो । कप्तान रोहित शर्माले ८४ बलमा १३१ रन बनाए । विराट कोहलीले ५६ बलमा अविजित रहँदै ५५ रन बनाए । 

पहिलो विकेटका लागि १५६ रनको साझेदारी गर्ने क्रममा इशान किशनले ४७ बलमा ४७ रन बनाए । श्रेयस ऐयरले २३ बलमा अविजित रहँदै २५ रन बनाए । 

राशिद खानले २ विकेट लिए । 

यो खेलमा रोहितले शतक बनाएसँगै विश्वकपमा सर्वाधिक सात शतक बनाएर कीर्तिमान रचेका छन् । उनले कम बलमा शतक पूरा गर्दै भारतीयभित्र कीर्तिमान बनाएका छन् । 

छक्का मास्टर रोहितले रचे विश्वकपमा कीर्तिमान

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
२ खेलबाट ४ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । २ खेलबाटै ४ अंकबाट भारत दोस्रो स्थानमा पुगेको छ । पाकिस्तान पनि २ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

१ खेलबाट २ अंकसहित दक्षिण अफ्रिका तेस्रो, भारत चौथो, इङ्गल्याण्ड पाँचौँ तथा २ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।  

अष्ट्रेलिया, अफगानिस्तान, नेदरल्याण्ड्स र श्रीलंकाले खाता खोलेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ