arrow

छक्का मास्टर रोहितले रचे विश्वकपमा कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
rohit-sharma-worldcup-history.jpg

काठमाडौँ । भारतीय क्रिकेट कप्तान विश्वकप क्रिकेटमा कीर्तिमान रचेका छन् । उनले विश्वकपमा सात शतक बनाएका छन् ।

अफगानिस्तानविरुद्ध नयाँदिल्लीको अरुण जेट्ली स्टेडियममा बुधबार भएको खेलमा ८४ बलमा १३१ रन बनाएका रोहितले विश्वकपमा सर्वाधित शतक बनाउने रेकर्ड आफ्नो नाममा लेखाएका हुन् । 

उनले १९ खेलमा सात शतक बनाएर कीर्तिमान रचेका हुन् । यसअघि भारतीय लिटिल मास्टर सचिन तेन्दुलकरको ४४ खेलमा बनेको छ छक्कासँग सन् २०१९ को विश्वकपमै रोहितले बराबरी गरेका थिए । अष्ट्रेलियन पूर्व कप्तान रिक्की पोन्टिङले ४२ खेलमा पाँच छक्का हानेका छन् । 

रोहितले सन् २०१५ मा एउटा तथा सन् २०१९ मा पाँच शतक बनाएका थिए । उनको करियरको यो एक दिवसीयको ३१ औँ शतक हो । उनले रिक्की पोन्टिङलाई पछाडि छाडेका छन् । सचिन तेन्दुलकरको नाममा ४९ तथा विराट कोहलीको नाममा ४७ शतक रहेको छ । 

रोहितले ६३ बलमा शतक पूरा गर्दै विश्वकपमा सबैभन्दा कम बलमा शतक बनाउने भारतीय खेलाडीसमेत बनेका छन् । यसअघि सन् १८८३ मा कपिलदेवले जिम्बाब्वेविरुद्ध ७२ बलमा शतक बनाउने रेकर्ड भारतीयका तर्फबाट राखेका थिए । 

त्यसैगरी रोहितले सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि तोडेका छन् । उनले ५५६ छक्का प्रहार गरेका छन् । उनले क्रिस गेलको नाममा रहेको ५५३ छक्काको कीर्तिमान रोहितले तोडेका हुन् । रोहितले टी–२० मा ७७, टेष्टमा १८२ तथा एक दिवसीयमा २९७ छक्का हानेका हुन् । 

रोहितले विश्वकपको १९ इनिङ्समा एक हजार रन पूरा गरेर कम इनिङ्समा १००० रन पूरा गर्ने कीर्तिमानको समेत डेभिड वार्नरसँग बराबरी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ