- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा 'मेजर अप्रेशन'तिर जाने गरी सोचिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
उद्योग वाणिज्य महासङ्घले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले सरकारी कार्यक्रम बनाउने नीति, प्रक्रिया र विधि बजेट निर्माणको प्रक्रिया र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्दै पोलिसीमा बोल्ड डिसिजन रहेको बताए।
उनले अर्थतन्त्र सुधारका टालटुले तरिकाबाट अहिलेका समस्याको समाधान दिगो रूपमा गर्न सम्भव नरहेको बताए । उनले अझै पनि अर्थतन्त्रको मूल समस्या समाधान हुन नसकेको बताए ।