arrow

पाँचौँ बेथानचोक अध्यक्ष कप शुरु

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० असोज २८ आइतबार
bethanchowk-cup-2080.jpg

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका र भूमिमाता युवा क्लबको आयोजनामा सेभेन ए साइड पाँचौँ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८० शुरु भएको छ । 

प्रतियोगिताको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वडा नं ४ मा अवस्थित तिप्चोक खेल मैदान एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले गाउँपालिका भित्रका प्रतिभाहरुबीच प्रतिस्पर्धा गराउँदै प्रतिभाहरु उत्पादन गर्न यस प्रकारका प्रतियोगिताहरुले सहयोग पुग्ने बताए । 

खेलकुदको विकास र वडा स्तरबाटै खेलप्रतिको रूचि बढाउन गाउँपालिकाले खेलकुदमा लगानी गरेको बताउँदै विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्दै आइएको बताए ।  राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले गाउँपालिकाले खेलकुदका लागि लगानी गरिरहने उनले बताए । 

कार्यक्रममा बेथानचोक गाउँपालिका खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाले कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गराउन खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने, “खेलाडी देशको राष्ट्रिय सम्पत्ति हो । खेलकुदको विकास र खेलको वातावरणका लागि खेल पूर्वाधार महत्वपूर्ण हुन्छ । यसका लागि गाउँपालिकाले खेलको प्रवद्र्धनका लागि, खेलकुद पूर्वाधारको विकासका लागि विभिन्न गतिविधि गर्दै आइरहेको छ ।”

स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य होइन । स्वस्थ गराउन खेलकुद महत्वपूर्ण छ । एउटा मान्छेका लागि खेलको महत्वलाई बुझ्न सकिएन भने त्यो मानसिक रूपले वा शारीरिक रूपबाट अअपाङ्गता बन्न पुग्छ । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने यस प्रकारका प्रतियोगिता आवश्यक रहेको तिमल्सिनाको भनाइ थियो ।

१६ टिम सहभागी सो प्रतियोगिता कार्तिक ३ गतेसम्म चल्ने आयोजक भूमिमाता युवा क्लबका अध्यक्ष माइते तामाङले बताए । उनका अनुसार विजेता टिमले ६० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेता टिमले ३० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष तामाङले जानकारी दिए । यस्तै बेष्ट प्लेयर, हाइ स्कोरर, बेष्ट डिफेण्डर तथा म्यान अफ दि सिरिजलाई पनि नगदद्वारा पुरस्कृत गरिने जानकारी दिए । 

प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा वडा नं ४ का सदस्य कर्ण तामाङले एन्फा रेफ्रीद्वय राम श्रेष्ठ र जयज नरसिंह श्रेष्ठलाई बल हस्तान्तरण गरेका थिए । 

प्रतियोगितामा भूमिमाता गौरीशंकर र सलान्दु बगर टिमबीच भएको प्रतिष्पर्धामा भूमिमाता गौरीशंकरले १ का विरुद्ध ६ गोलअन्तरले स्पर्धा आफ्नो पोल्टोमा पारेको छ ।

भूमिमाता गौरीशंकरका लागि कृष्ण तामाङले २, गणेश तामाङ, विनय तामाङ, दिवस तामाङ र बुद्ध तामाङले १–१ गोल गरे । सलान्दुबगरका लागि सान्त्वना गोल पेमा लामाले गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ