arrow

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शुरू, आयोजकको गतिलो शुरुआत

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असोज २८ आइतबार
belbari-goldcup-football-2080-06-29.jpg

विराटनगर । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । आइतबार भएको उद्धाटन खेलमा आयोजक  डाँगीहाट युथ क्लव विजयी भएको छ । भोजपुर जिल्ला फुटबल संघ र आयोजक डाँगीहाट फुटबल क्लबबीच भएको खेलमा आयोजक १–० ले विजयी भएको हो । 

मोरङको लक्ष्मीमार्ग स्थित लक्ष्मी खेल मैदानमा भएको खेलको ६८औँ मिनेटमा आयोजकका निशान लिम्बुले गोल गर्दै टिमको खाता खोले । उनले अशिम राईको पासमा गोल गरेका थिए । 

प्रतियोगिताको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले एक भब्य समारोहकाबीच उद्घाटन गरेका थिए । उनले सो प्रतिगोगिता बेलबारीको शान भएको र मोफसलकै सर्वाधिक चर्चामा रहेको कारण यो प्रतियोगितालाई नगरलेसमेत गौरवका रुपमा हेरेको बताए । 

खेलको म्यन अफ द म्यान गोलकर्ता निशान लिम्बू घोषित भए । खेलमा आयोजककोसँगै ए डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइज क्लब र ब्रिगेड ब्वाइज क्लब, सहलेश युवा क्लब सिराहा, रारा फुटबल क्लब धनकुटा, विर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टिमले सहभागी जनाएका छन् । 

प्रतियोगितामा विजेताले नगद ८ लाख, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ५ लाख, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

खेलमा प्रत्येक दिन म्यान अफ द म्याच घोषित हुनेलाई नगद ५ हजार, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कारले सम्मान गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ