arrow

झिलिमिली मैतीदेवी मन्दिर [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
maitidevi-mandir-2080 (11).jpg

काठमाडौँ । काठमाडौँको मैतीदेवी मन्दिर दशैँको आगमनसँगै झिलिमिली बत्तीहरुद्धारा सजाइएको छ । मन्दिर र त्यस क्षेत्रलाई झकिझकाउ बनाइएको छ । बत्तीहरुद्धारा सिँगारिएको मन्दिरको साँझपखको दृश्य निकै मनमोहक देखिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ । 

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
 

maitidevi-mandir-2080 (1).jpg
maitidevi-mandir-2080 (2).jpg
maitidevi-mandir-2080 (3).jpg
maitidevi-mandir-2080 (4).jpg
maitidevi-mandir-2080 (5).jpg
maitidevi-mandir-2080 (6).jpg
maitidevi-mandir-2080 (7).jpg
maitidevi-mandir-2080 (8).jpg
maitidevi-mandir-2080 (9).jpg
maitidevi-mandir-2080 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ