- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । मधेस प्रदेशका प्रमुखसमक्ष जनलोकपाल आयोगको दोस्रो प्रतिवेदन पेश भएको छ ।
प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष प्रदेश जनलोकपाल आयोगका अध्यक्ष रामसहाय राय यादवको नेतृत्वमा गएको टोलीले आज आव २०७९/८० को दोस्रो वार्षिक प्रतिवेदन पेस गरेको हो ।
‘प्रदेश जनलोलपाल ऐन, २०७७’ को दफा (३१) को उपदफा (१) व्यवस्थाबमोजिम प्रतिवेदन पेस भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले बताए ।
प्रदेश जनलोकपाल कार्यालय जनकपुरधाममा विभिन्न माध्यमबाट ३२ वटा उजुरी परेको र त्यसमा धेरैजसो स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमिततालाई छानबिन गरी प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
सो अवसरमा जनलोकपाल सदस्य राजकिशोरप्रसाद साह, शोभाकुमारी महतो, कार्यालय प्रमुख जयकुमार राउत, प्रशासन प्रमुख जीतेन्द्र यादवलगायतका कर्मचारी उपस्थिति थियो ।