arrow

प्रचण्डको अवस्था सामान्य, फर्किए बालुवाटार

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
Puspa Kamal dahal prachanda.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । 

प्रचण्ड मंगलबार दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल गएका थिए । 

मंगलबार नर्भिक अस्पताल पुगेर प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले बताए । 

प्रचण्ड केही समय अस्पतालमा नै आराम गरेर बालुवाटार फर्किएका थिए । 

 अस्पतालले प्रचण्डको अवस्था सामान्य रहेको जनाएको छ । 

हस्पिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य जाँचका क्रममा प्रचण्डको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उनको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।”

प्रचण्डको उपचारमा डा युवराज शर्मा, डा.यादव भट्ट र डा जेपी जयसवाल संलग्न थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ