arrow

इङ्गल्याण्ड युरोकपमा छनोट, इटाली पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
england-italy-football-2023.jpg

काठमाडौँ । इङ्गल्याण्डले अर्को वर्ष जर्मनीमा हुने युरोकप फुटबल प्रतियागीतामा स्थान पक्का गरेको छ । मंगलबार समूह सीको खेलमा इटालीलाई घरेलु मैदानमा हराउँदै इङ्गल्याण्ड युरोकपमा छनोट भएको हो । 

इङ्गल्याण्ड ३–१ ले विजयी भयो । ह्यारि केनले दुई गोल तथा तथा मार्कस रश्फोर्डले एक गोल गरे । खेलमा इटालीका जियानलुका स्कामेकाले शुरुआती अग्रता दिलाएका थिए । 

यो समूहको अन्य खेलमा युक्रेनले माल्टालाई ३–१ ले हरायो । पाँच टोली सहभागी समूहमा दुई खेल अगाडि नै इङ्गल्याण्ड छानिएको हो । इङ्गल्याण्डले ६ खेलबाट १६ अंक बनाएको छ । युक्रेन १३ अंकसहित दोस्रो तथा इटाली १० अंकबाट स्रो स्थानमा छ । 

उत्तरी मेसेडोनिया ७ अंकबाट चौथो स्थानमा रहँदा पुछारको माल्टा अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ