arrow

मैत्रिपूर्ण खेलमा स्कटल्याण्डमाथि फ्रान्सको गोलको वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
france-scotland-football-20.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा फ्रान्सले स्कटल्याण्डमाथि गोलको वर्षा गरेको छ । फ्रान्स ४–१ ले विजयी भएको हो । 

खेलमा गोलको खाता स्कटल्याण्डले खोलेको भए पनि समाप्ति भने फ्रान्सले गरेको हो । फ्रान्सलाई जिताउन बेन्जामिन पवार्डले २ तथा केलियन एम्बाप्पे र किंग्स्ले कोमानले १–१ गोल गरे । 

अन्य मैत्रिपूर्ण खेलमा मेक्सिको र जर्मनीले २–२ गोलको बराबरी खेले । अमेरिकाले घानालाई ४–० ले हरायो । 

आइभरी कोष्ट र दक्षिण अफ्रिकाले १–१ गोलको बराबरी खेल्दा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई २–० ले हरायो । 

त्यसतै बुर्किना फासोले माउरितानियालाई २–१ ले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ