arrow

कुमारी बैंकले ल्यायो ‘बडा दशैँ क्यास ब्याक तथा दक्षिणा योजना’

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
kumari-bank-dashian-2080-07-02.jpg

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान् चाड बडादशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडा दशैँ दक्षिणा’ र ‘एसअफ् एअफ्स अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।       

कुमारी बैंकको ‘एसअफ् एअफ्स अफर’ योजनाले दशैँको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने बैंकको विश्वास छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०–५० जनालाई बैँकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपँैयासम्म ‘एसअफ् एअफ्स’ दिइने बैंकले जनाएको छ । 

‘एसअफ् एअफ्स’ रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने जनाइएको छ । 

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुशीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कात्तिक ६ देखि कात्तिक ११ गते सम्मका लागिसमेत निरन्तर रहने जनाएको छ । 

साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘एसअफ् एअफ्स अफर’ सँगै ‘बडा दशंँ दक्षिणा’ योजनासमेत सार्वजनिक गरेको छ ।     

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्गमार्पmत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा रु ५० ‘एसअफ् एअफ्स’ दिइने जनाएको छ । बैंकले ‘एसअफ् एअफ्स’ का लागि योग्य हुन न्यूनतम कारोबार रु १०० हुनुपर्ने शर्त राखेको छ ।  

माथि उल्लेखित दुवै अफरहरू बिहान ८ बजेदेखि राति ११ः ५९ बजेसम्म गरिएका कारोबारमा लागू हुने पनि बैंकले जनाएको छ । 

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटीएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ