arrow

सिकाली खोकनाको जात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
sikali-jatra-2080-07-03-(11.jpg

काठमाडौँ । उपत्यकालगायत देशैभर वडादशैँ मनाइरहेको अवस्थामा ललितपुरस्थित खोकनामा भने सिकाली जात्रा मनाइएको छ । खोकनाका नेवार समुदायले वडादशैँको अवसरमा नत जमरा राख्छन् नत विजया दशमीको टीका प्रसाद नै, यहाँका बासिन्दा सिकालीलाई मुख्य पर्वका रूपमा मनाउने गर्छन्।

स्वस्थानी कथामा आधारित नाचमा महालक्ष्मीले महिषासुरलाई बध गरेको खुशीयालीमा खोकनाका नेवार समुदायले मनाउने सिकाली जात्रामा ४६ देवगणसहित सिकाली चौरमा हुने अश्वमेध यज्ञ र ४६ देवगण, वीरभद्र र महाकाली, भैरव र देवताको खट गाउँ परिक्रमा गराउँदै मनाउँने गर्दछन । र यो क्रम घटस्थापनाबाट शुरु भई फूलपातीसम्म जारी रहन्छ ।

त्यस्तै यसक्रममा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने भन्दै निरन्तर बाजा बजाइन्छ, पञ्चमीको दिनमा आ–आफ्नो गुठीमा भैरव प्रतिस्थापना गरी प्रत्येक गुठीमा ‘ घ्याम्पो द्य अर्थात नवदुर्गाको सहित देवीदेवताको पूजार्चनाका साथै परम्परागत नाच र जात्रा गर्ने गरिन्छ । (नेपाल फोटो लाइब्रेरी)

sikali-jatra-2080-07-03 (1).jpg
sikali-jatra-2080-07-03 (2).jpg
sikali-jatra-2080-07-03 (3).jpg
sikali-jatra-2080-07-03 (4).jpg
sikali-jatra-2080-07-03 (5).jpg
sikali-jatra-2080-07-03 (6).jpg
sikali-jatra-2080-07-03 (7).jpg
sikali-jatra-2080-07-03 (8).jpg
sikali-jatra-2080-07-03 (9).jpg
sikali-jatra-2080-07-03 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ