arrow

गैर आवासीय नेपाली सङ्घको विवाद: 

साइबर क्राइमसम्म पुग्यो एनआरएनए निवेदन, निर्वाचनलाई मान्यता नदिन परराष्ट्रको परिपत्र [भिडियो]

'चोरले कहीँ न कहीँ दशी प्रमाण छोडेको हुन्छ त्यस्तै भयो' 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
nrna-bibad.jpg

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को विवाद झनै बढ्दै गएको छ । कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । अहिलेको नतिजाअनुसार बद्री केसी सङ्घको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले बताएको छ । 

महासचिवका उम्मेदवार रहनुभएका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरे अनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्टेलियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए । 

अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको बताए । उनले यस नतिजाले ८० लाख गैर आवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको बताए । उनले उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शून्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने बताए । उनले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको बताए । उनले परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगित गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उल्लेख गरे ।

त्यस्तै निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताए । उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शून्य हुनु समस्याको जड रहेको बताए । उनले शून्य हुनु नहुनुपर्ने भए पनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटी भएको हुनसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ