arrow

इजरेलमा मृत्यु भएका नेपालीप्रति समर्पित समीक्षाको शोक गीत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
shok-2080-07-03.jpg

काठमाडौँ । इजरेलमा मृत्यु भएका नेपालीहरूप्रति समर्पित गीत ‘शोक’ सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरिकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

नेपालीहरूको विदेशिने बाध्यता र भोग्नु परेको पीडालाई गीतमा उठान गरेको पाइन्छ । विनोद बाजुरालीको एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेतको सशक्त अभिनय रहेको पाइन्छ ।  

गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । वसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा वाल कलाकारहरूको उत्कृष्ठ अभिनय रहेको पाइन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ