arrow

योगेन्द्र स्मृति कप फुटबलको उपाधि सरस्वती रेडलाई

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक ४ शनिबार
yogendra-smriti-cup-football-2080.jpg

काभ्रेपलान्चोक  । सरस्वती ब्वाईज क्लबले पनौती क्षेत्रीय रंगशालामा आयोजना गरेको ‘योगेन्द्र स्मृति कप’ फुटबल प्रतियोगिताको उपाधि सरस्वती ‘रेड’ले पाएको छ ।

पनौती क्षेत्रीय रंगशालामा शुक्रबार सम्पन्न भएको फाइनल खेलमा सरस्वती ‘रेड’ले सरस्वती ‘ब्लु’ लाई १–० गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगितामा प्रथम हुने टिम सरस्वती ‘रेड’ले नगद एक लाख, ट्रफी, प्रमाणपत्र प्रदान गरिएको ‘योगेन्द्र स्मृति कप’ का संयोजक सुवास श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार दोस्रो हुने सरस्वती ‘ब्लु’ले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ ।

विजेताहरुलाई बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री तीर्थ लामा, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमलगायतले नगद, ट्रफी तथा प्रमाण पत्र वितरण गरेका थिए । 

सरस्वती ब्वाईज क्लबले स्व खेलाडी योगेन्द्र तामाङको सम्झनामा असोज २० गतेदेखि कार्त्तिक ३ गतेसम्म ‘योगेन्द्र स्मृति कप’ आयोजना गरेको हो ।

क्लबका खेलाडी तामाङको २०७९ चैत २५ गते निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ